काठमाडौं । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सोमबार आवतजावतमा रोक लगाएको नेपालगञ्ज रुपैडिया नाका मंगलबार बिहानदेखि खुलेको छ । नाका खुलेसँगै दुवै तर्फ रोकिएका मालबाहक सवारीहरू आवतजावत गर्न थालेका छन् ।
सुरक्षा बलले माथिको आदेश भन्दै सोमबार बिहानदेखि चार पाङग्रे सवारी साधनका अतिरिक्त रिक्सा टागा र मोटर साइकलको आवत जावतमा समेत रोक लगाएको थियो । मंगलबार भने सुरक्षा बलले सीमावर्ती नाकाको सुरक्षा व्यवस्था सामान्य भएको जनाउदै सवारी साधनको आवागमनमा रोक हटाएको हो ।
सीमामा अबरोध नहुँदा नेपालगन्ज रुपैडिया नाकाबाट दैनिक १ सय ५० सम्म ठूला मालबाहक सबारी साधन र ५० वटा जति साना चारपाङग्रे सबारी साधन सीमावारपार हुने गर्छन्।