बाँदरले सुन्तला सखाप पार्यो, किसान भन्छन् 'उपाय नै छैन'
प्रकाशित २०७५ माघ ५ शनिबार
554
Shares
मुग्लिन । चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क गर्यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,” वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आलेले भने।
करीब दुई बिघाहामा लगाएको सुन्तला धेरैजसो बिक्री गरीसकेको उनले बताए। बाँदरले बाली पनि नष्ट गर्ने क्रम बढेपछि यहाँका किसान चिन्तित छन् । केही वर्षदेखि बाँदरले सताउन थालेपछि किसानले घरदेखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेको स्थानीवासी मेघनाथ गुरुङ बताउँछन् ।
घर नजिकैको खेतबारीमा लगाएको बालीसमेत बाँदरले खाने र नष्ट गर्ने गरेको बताउँदै उनले खेतबारीमा लगाएकोखेती नष्ट गर्न थालेपछि विगत पाँच वर्षदेखि वडा नं २ डाँडा गाउँ भोर्ले र आसपासका किसान चिन्तित बनेका छन भने ।
“बाली लगाएपछि उम्रिन नपाउँदै बीउ र उम्रिएका टुसा खाइदिन्छन्, दिनभर बाँदर धपाउन पर्दा अन्य काम गर्न पाउदैँनन्,” उनले भने । “अहिले किसानले घरदेखि टाढा रहेको जग्गामा खेती नै लगाउन छाडेको र घर नजिकैका जग्गामा पनि खेती जोगाउन गाह्रो भएको उनको भनाइ छ । यहाँका किसान कोदो मकैँ फलफूल तथा तरकारी बालीमा निर्भर छन् । रासस