दुई महिलामाथि खुकुरी प्रहार गरी छिमेकीले गरे आत्महत्या
गोपाल अधिकारी
प्रकाशित २०७५ माघ ५ शनिबार
537
Shares
झापा । झापामा एक व्यक्तिले दुई महिलामाथि खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर आत्महत्या गरेका छन् । अर्जूनधारा नगरपालिका १० स्थित सिमल चोक बस्ने ४४ बर्षीय षडानन्द पौडेललले आत्महत्या गरेका हुन् ।
शनिबार बिहान ५: ३० बजे छिमेकी जमुना ओझा र बिना भारती सुतेको घरमा गएर ढोका ढकढक्याएका उनले ती महिलाले ढोका खोलेपछि अन्दाधुन्द खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहर गरी उनीहरुलाई शक्त घाइते बनाएर आफैंलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
२४ बर्षिया जमुना ओझाका श्रीमान् हाल विदेशमा रहेको र पौडेलले नै उनीहरुलाई सहयोग गर्दै आएका थिए । घटनाको प्रकृति हेर्दा पौडेलले आवेशमा आई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले बताएको छ ।
घाइते ओझा र भारतीको चिन्ताजनक अवस्थामा झापाको विर्तामोड स्थित बिएण्सी अस्पतालमा उपचार भइरहेको झापाका डि.एस.पी . महेन्द्र श्रेष्ठले जानकारी दिए । यस घटनाबारे अनुसन्धान जारी रहेको र अहिलेसम्म घटनाको कारण पत्ता नलागेको उनले बताए ।