arrow

किन गर्दैछन् गगन थापाले आकस्मिक पत्रकार सम्मेलन ? 

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले बिहीबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दैछन्। राजधानीको बागबजारस्थित हार्दिक होटलमा दिउँसो पत्रकार सम्मेलन गर्न लागिएको हो । 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले नौ दिनदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीका माग र चिकित्सा शिक्षा विधेयकमा बारेमा आफ्नो विचार राख्नका लागि पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

डा केसीले उठाएका माग किन जायज छन् भन्दै त्यसबारेमा उनले जानकारी दिनेछन् । आफू स्वास्थ्यमन्त्री भएका बेलामा समेत डा केसीका मागलाई पुरा गराउन लागिपरेका थिए । 

डा केसीको आमरण अनसनपछि चिकित्सा शिक्षा क्षेत्रमा कस्तो किसिमको सकारात्मक प्रभाव पार्यो त भन्ने बारेमा समेत थापाले बोल्नेछन् । 

उनले आफ्नो संवोधनमा डा केसीको आमरण अनसन, डा केसी नभएको भए स्वास्थ्य शिक्षा के हुन्थ्यो, के फरक पर्यो, आफूले लिएको अडानका बारेमा समेत पनि लिखित प्रस्तुति दिन लागेका हुन् ।

त्यसैगरी थापाले डा केसीको अनसनपछि विदेश पढ्न जानेहरुको संख्या कसरी घट्यो ? स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव पार्यो ? मुद्दा नाफा केन्द्रीत छ कि देशको स्वास्थ्यको हितमा छ ? लगायतको प्रश्नको जवाफ पूरा तथ्यांकसहित उनले पत्रकार सम्मेलनमा बर्णन गर्नेछन् । 
 
सत्ताधारी दल नेकपाले डा केसीको मागले नेपालको स्वास्थ्य शिक्षामा विचलन आएको र विदेशी मेडिकल कलेजको लहलहैमा मुद्दा उठाएको, देशभित्रको लगानीलाई निरुत्साहित गरेको लगायतका आरोप लगाएको सन्दर्भमा नेता थापाले पत्रकार सम्मेलनमा त्यसको जवाफ दिनेछन् ।

डा केसी अहिले १६ औं चरणको आन्दोलनमा छन् । सुरुवाती चरणका आन्दोलनमा उनका मागलाई समर्थन जनाउने नेकपाकै नेताहरु, व्यक्तिहरु कसरी लाभका पछाडि दौडिएका छन् भन्ने कुराको खुलासासमेत थापाले गर्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ