arrow

राप्रपा नेपालबाट बन्ने भए यिनिहरु मन्त्री; पाउने भए यि मन्त्रालय

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
896904597.jpeg
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वर्तमान सरकारमा तीन मन्त्रालय र छ मन्त्री पाउने भएको छ। प्रधानमन्त्री केपी ओलीसँग भएको सहमति अनुसार राप्रपा नेपालले परराष्ट्र, स्थानीय विकास र भुमिसुधार मन्त्रालय पाउने भएको छ। 
 
राप्रपा नेपालका अध्यक्ष कमल थापा उप प्रधानमन्त्री र परराष्ट्र मन्त्री तथा रामकुमार सुब्बा विनाविभागीय मन्त्री भइसकेका छन्। हाल विनाविभागीय अवस्थामा रहेका सुब्बालाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने सो मन्त्रालयमा राज्य मन्त्री बिक्रमबहादुर थापा र सहायक मन्त्री दिनेश श्रेष्ठ हुने भएका छन्। 
 
उप प्रधानमन्त्री थापा आफैले नेतृत्व गर्ने स्थानीय विकास मन्त्रालयमा राज्य मन्त्री कुन्तीकुमारी शाही र सहायक मन्त्री विराज विष्टलाई बनाइने भएको छ।  
उप प्रधानमन्त्री थापा आज स्वीट्जरल्याण्ड भ्रमणमा जानु अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी पार्टीको लिष्ट बुझाएका छन् । थापा नर्फकदै मन्त्रिमण्डल विस्तार हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ