नेपाललाई हिन्दू राष्ट्र बनाउन राप्रपाले निर्णायक आन्दोलन गर्ने
प्रकाशित २०७५ पुष २६ बिहिबार
588
Shares
पाँचथर । राप्रपाका नेता तथा पूर्व आपूर्ति मन्त्री शुशिल श्रेष्ठले नेपाललाई हिन्दू राष्ट्र्र बनाउन पार्टीले निर्णायक आन्दोलन गर्ने बताएका छन् । पाँचथरको फिदिममा बिहिबार बिहान पत्रकारसँग कुराकानी गर्दे नेता श्रेष्ठले अब राप्रपाले फाल्गुन १५ गतेदेखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने बताए।
यात्रा ताप्लेजुङ बाट शुरु भई ३५ वटा जिल्लामा पुगरे ४ सय वढि ठाउँमा विभिन्न आमसभाहरु गर्दे काठमाडौं केन्द्रित कार्यक्रम गरिनेछ । यो मूलक धार्मिक दन्द्धमा फस्न सक्ने खतरा रहेको उनले औल्याए। उनले केहि समय अघि काठमाडौंमा एक धर्म प्रचारक संस्थाले आयोजना गरेको विवादस्पद कार्यक्रममा प्रधानमन्त्री लगायत सरकारको तामझामपूर्ण सहभागिता र राज्यकोषबाट १३ करोड खर्च त्यसको ज्वलनत उदाहरण भएको उनको भनाई छ ।
९४ प्रतिशत ओमकार रहेको नेपालमा धर्म परिवर्तन नरोक्ने हो भने यो मूलक धार्मिक सद्भाव र सहिष्णुता नरहने उनले बताए । यस्तै यो मूलकको अर्थतन्त्रले धान्न नसक्ने बताउँदै संघियता अब धेरै नटिक्ने उनको दावी थियो ।