जनतालाई दुःख दिएर सरकार सुविधाभोगी भयो – चन्द्र भण्डारी
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ पुष २५ बुधबार
590
Shares
गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले जनतालाई महङ्गी र करको भार बढाई जनतालाई दुःख दिएर सरकार आफु बढी सुविधाभोगी भएको आरोप लगाएका छन् ।
मंगलबार जिल्लाको छत्रकोट गाउँपालिका वडा नं १ हुँगा स्थित श्री झेर्दी निम्न माध्यमिक विद्यालयले आफ्नो ५० औं वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।
कसैले पार्टीको रसिद देखाएर वा कसैको नाममा भ्रष्टाचार गर्छ भने त्यस्तालाई छाड्नु हुन्न नेता भण्डारीले भने । पछिल्लो समय देशमा भष्टाचारी, दलाली र अनैतिक क्रियाकलाप गर्ने व्यक्तिलाई सरकारले संरक्षण गरेको नेता भण्डारीले आरोप लगाए ।
उनले अहिलेको सरकारले जनतालाई दुःख दिएर आफु मोजमस्तीमा रमाएको आरोप लगाए । विद्यालय वा शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने उनले बताए ।
उनले राजनीतिक दलका आधारमा कुनै अयोग्य शिक्षकलाई विद्यालयमा भर्ना गरिएको र अनावश्यक सुविधा प्रदान गरेको भए त्यस्ता व्याक्तिलाई कानुनी कठघरामा ल्याउने चेतावनी दिए ।
उनले आफु नेपाली काँग्रेसको नेता भएता पनि विकास निर्माणका कामहरुमा राजनीतिक कुराहरु नमिसाई सबैलाई समान दृष्टिकोणले हेरेको हुनाले अन्य राजनीतिक दलका नेताहरुलाई पनि विकास निर्माणका कामहरु गर्दा राजनीतिक कुराहरु नमिसाउन आग्रह गरे ।