arrow

बुधबारदेखि अनसन बस्ने डा‌.केसीको चेतावनी, अब कुशासन विरुद्ध लड्ने

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
Dr._KC_.jpg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले आफूसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गर्नको लागि अल्टिमेटम दिएका छन् । उनले सरकारले बुधबार ४ बजेसम्म सम्झौता कार्यान्वयन नगरे फेरि अनसन सुरु गर्ने चेतावनी दिएका हुन् । 

सरकारले सम्झौता अनुसार काम नगरेको भन्दै आफ्नो १६औँ अनसन शुरु गर्नका लागि इलाम आएका डाक्टर गोबिन्द केसीले बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुझाउने प्रतिवेदन हेरेर सत्याग्रह शुरु गर्ने वा नगर्ने निर्णय गर्ने बताए।केसीले पत्रकारहरुसँग कुरा गर्दै चिकित्सा शिक्षा ऐनमा सहमती भएका २२ बुँदा समितिले थप गरेर संसदमा नपठाए साँझ देखि सत्याग्रह शुरु गर्ने प्रष्ट पारे। 

मंगलबार इलाममा पत्रकार भेटघाटमा बोल्दै केसीले विगतका सम्झौताहरु अक्षरसः पालना नगरे बुधबारदेखि नै १६ औं सत्याग्रह सुरु गर्ने चेतावनी दिए । सत्याग्रह स्थल जहाँ सुकै पनि हुनसक्ने केसीको भनाई उद्दृत गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीले जनाए । 

केसीले उपसमितिले माफियामुखी विधेयक पठाएको आरोप लगाए । यसअघी अनशन शुरु गर्न इलाम आएका डा गोविन्द केसीले पौस २५ सम्मलाई माग सम्बोधन गर्न समय दिदै सत्याग्रहको कार्यक्रम स्थगन गरेका थिए । उनी गत मंगलबार सत्याग्रहका लागि इलाम आएका थिए । उनी समय सिमा सकिनु एक दिन अघि इलाम आएका हुन् ।  

गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गर्नुपर्नेलगायतका माग केसीका रहेका छन् । उनले वर्तमान प्रधानमन्त्री सहित सबै माफिया बचाउन लागेको आरोप लगाए । उनले भने “हामी उनीहरुले गर्नेकाम गरिरहेका छौ, उनीहरु हामीलाई व्लाकमेलीङ गरिरहेका छन् ।”

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्नुपर्ने उनले आफ्नो मागमा उल्लेख गर्दै आएका छन्। केसी गतअसार १६ गते १५औँ सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए । पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। डा. केसीको १५औँ अनसन २७ दिनमा तोडिएको थियो । उनले भने “विद्यार्थी मुखी र जनता मुखी ऐन ल्याएर छोड्छौ ।”

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ