-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । लामो समयदेखि वर्षा हुन खोजे पनि वर्षा हुन सकिरहेको थिएन ।
मौसम पूर्वानुमान महाशाखाले यतिबेला देशभरिकै मौसममा बदलीको अवस्था रहेको र केही स्थानहरुमा हल्का वर्षा भएको जनाएको छ ।
केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको पनि जनाइएको छ । जुम्ला हिमपातले सेताम्य, किसान दंग [फोटोफिचरसहित]
बिहान काठमाडौंको तापक्रम आइतबारको तुलनामा बढी नै भए पनि वर्षाले फेरि चिसो बढाउँदै लगेको छ ।
आकाश खुल्न सकेको छैन भने भिजिबिलिटी पनि निकै कम रहेको छ ।
नजिकैको चन्द्रागिरीमा हिउँ परेसंगै उपत्यकामा एकाएक चिसो बढेको छ । चन्द्रागिरी पुगेकाहरु भने हिउँ पर्दा दंग भएका छन् ।
