arrow

नेकपाभित्र महाधिवेशनको पूर्वाभ्यास, तीन गुटबीच भिडन्त 

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
ncp-meeting-sthai-committee.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र गुटैगुट रहेको खुलेको छ । स्थायी कमिटी बैठकपछि पार्टी एक भएको सन्देश दिए पनि त्यसभित्र विशेषगरी तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको हो ।

अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको धार आपसमा विभाजित भएको हो । स्थायी कमिटीका सदस्यहरु यसकै आधारमा बाँडफाँड भएको देखिएको हो । 

नेकपामा देखिएको यो गुट राजनीति महाधिवेशन उन्मुख हुन थालेको छ । नेकपामा गुट राजनीतिको अन्त्य हुने नदेखिए पनि अब यही स्थायी कमिटीबाट महाधिवेशनको झल्को आउन थालेको उच्च स्रोत बताउँछ । 

स्रोतका अनुसार स्थायी कमिटीले कुनै नयाँ निष्कर्ष ननिकाले पनि त्यसबाट महाधिवेशनको लागि बाटो खुलेको छ । 

गत जेठ २ गते पार्टी एकता भएपछि एक वर्षमा महाधिवेशन गर्ने उल्लेख थियो । तर अहिलेसम्म स्थानीय तहमासमेत एकता हुन नसकेको अवस्थामा महाधिवेशन हुने सम्भावना निकै कम छ । 

नेताहरुले माहोल भने आफ्नो पक्षमा पार्न खोजेको बुझिन्छ । ओली, प्रचण्ड र नेपालबीच नेतृत्व हडप्ने योजना बनिरहेको छ । 

तत्कालीन अवस्थामा एमाले र माओवादीबीच एकता गर्न दुई अध्यक्ष राखिएको थियो । आफूले कम जिम्मेवारी पाएको आरोपसहित सरकार र पार्टी संगठित हुन नसकेको भन्दै माधव नेपालले ओलीको चर्काे आलोचना गर्दै आएका छन् ।

तर महाधिवेशनको माहोल बनाउनकै लागि नेपाल यु–टर्न भएर ओली र प्रचण्डलाई नै समग्रमा आरोप लगाए । राजनीतिक प्रतिवेदन पारित गर्न दिएनन् । आफ्नो पक्षका स्थायी कमिटी सदस्यलाई दरिलो स्थितिमा उभिन लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ