६ यात्रु बोकेको अल्टिच्यूड एयरको हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त
एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाका अनुसार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो
प्रकाशित २०७५ भदौ २३ शनिबार
308
Shares
धादिङ। गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।
६ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले जानकारी दिए ।
गोर्खाबाट उडेको अल्डिच्यूड एयरलाइन्सको नाइन एन (एएलएस) अल्फा लिमा शेरा कल साइनको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र मेघाङ एरियाबाट सम्पर्कबिहीन भएको थियो।
अल्टिच्यूड एयरका मार्केटिङ अधिकृत सीताराम सापकोटाका अनुसार गोर्खाको सानागाउँबाट उडेको हेलिकोप्टर बिहान ८ बजेर ५ मिनेटपछि सम्पर्कबिहीन भएको थियो। हराइरहेको हेलिकोप्टरको खोजीका लागि एल्टिच्यूटडकै अर्को हेलिकप्टर सहित सिम्रिक र श्री एयरको हेलिकोप्टर समेत परिचालन भएको थियो।
हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ५ जना नेपाली र एक जना जापानी नागरिक थिए । हेलिकोप्टरमा पाइलट केसी सहित गोर्खा चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डिकी, सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सु थिए ।