रुकुमका तत्कालीन सचिवको विद्रोही माओवादीबाट हत्या हुनु दुर्भाग्यपूर्ण :नेपाल
एकताका लागि प्राविधिक विषय मिलाउन बाँकी
प्रकाशित २०७५ वैशाख १६ आइतबार
382
Shares
रुकुम । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउनुपर्ने भएको बताएका छन् ।
रुकुम पश्चिमको चौरजहारीमा एमाले रुकुमका नेता स्व यदु गौतमको शालिक अनावरण तथा यदु स्मृति भवनको उद्घाटन गर्दै उनले एकताले जनतामा सकारात्मक सन्देश गएकाले निराश नहुन सबैलाई आग्रह गरे।
गौतमको हत्या गरिनु दुर्भाग्यपूर्ण हो भन्दै उनिजस्ता महान् व्यक्तित्वको अवसानले पार्टीमा अतुलनीय क्षति पुगेको नेता नेपालको भनाइ थियो । एमाले रुकुमका तत्कालीन सचिव गौतमलाई २०५५ साल फागुन २१ गते तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो । रासस