देउवालाई दुई वर्ष ‘ब्ल्यांक चेक’ अब ‘क्रिटिकल सहयोग’ मात्र –सिटौला
प्रकाशित २०७४ चैत २ शुक्रबार
326
Shares
काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई अब क्रिटिकल समर्थन गर्ने जनाएका छन् ।
देउवासंग सभापतिको उम्मेदवारमा लडेर समशक्ति प्रदर्शन गरेका सिटौलाले राजधानीमा भएको काँग्रेस नेताहरुबीचको अन्तक्र्रिया कार्यक्रमलाई संवोधन गरेपछि पत्रकारहरुसंग बोल्दै भने –दुई वर्षसम्म देउवाजीलाई ब्ल्यांक चेक दिइयो अब त्यसो हुन्न ।’
सिटौलाले अहिलेको नेतृत्वले मुलुक नयाँ दिशामा जान नसक्ने भएकाले परिवर्तन जरुरी रहेको बताए ।
सिटौलाले भने, ‘अहिलेको नेतृत्वदेखि महामन्त्रीसम्मको तह पार्टी हाँक्ने हैसियतको देखिएन ।’
नेता सिटौलाले अब आफू पुनःसंरचनाको विचार लिएर अगाडि बढ्नेसमेत पत्रकारहरुलाई बताए ।