पुष्पलाल र मनमोहन पदभन्दा माथि : प्रधानमन्त्री ओली
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
314
Shares
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा शुक्रवार माल्यार्पण गरेका छन् । मनमोहन स्मृति भवनमा शुक्रवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताए ।
अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उनले भने, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा असाधारण छाप छाड्नुभयो । ”
प्रधानमन्त्री ओलीले पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा व्यक्त गरे। कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलगायतले पनि नेकपा एमालेका तत्कालीन अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गरेका थिए ।