काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेयलियाका उपाध्यक्ष राज थपलिया र उहाँकी श्रीमती प्रमिती (आचार्य) थपलियाले आफ्नो छोरी जस्मीन थपलियाको जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग रकम प्रदान गर्नुभएको छ ।
दुर्गम मानिने डोल्पाको पनि दुर्गम माथिल्लो डोल्पामा रहेको विद्यालयलाई उहाँहरुले रु. २ लाख साठ्ठी हजार एक सय एक प्रदान गर्नु भएको हो ।
काठमाडौँमा आयोजित कार्यक्रममा थपलिया दम्पत्तिको तर्फबाट उहाँहरुका आफन्त रविन्द्र थेवे र सनम थेवेले विद्यालयका सञ्चालक विनोद शाहीलाई सो रकम हस्तान्तरण गर्नु भएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा उहाँहरुले अति विकट क्षेत्रका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भन्ने उद्दश्यले जन्मदिनको अवसरमा क्षमता अनुसारको सहयोग रकम प्रदान गरेको बताउनु भयो ।
उक्त सहयोग रकम माथिल्लो डोल्पाको निसाल गाविस– १ साल्दाङ, स्थीत ‘द स्लोली नेपाल फाउण्डेड’द्धारा सञ्चालित यन्जीर प्राथमिक विद्यालयलाई गरिएको उहाँहरुले जानकारी दिनुभयो ।