arrow

सन्नाटा छाएको जलेश्वर खुल्यो, वीरगन्ज उस्तै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2084958591.jpeg

बर्दिवास । दुई महिनादेखिको बन्द, हडतालले सन्नाटा छाएको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरनगर र अन्य बजार खुल्न थालेपछि जनजीवन सामान्य बन्दै गएको छ ।

गत साउन ३० गते संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै संविधानसभा बहिस्कार गरेर सुरु भएको बन्द, हडतालकै क्रममा जलेश्वरनगरसहित व्यापारिक केन्द्र मटिहानी, गौशाला, पिपरा, रामगोपालपुर र सम्सीलगायतका बजार ठप्प थिए ।

दशैँ सुरु भएसँगै बिहीबारदेखि सबैजसो पसल, व्यापारिक प्रतिष्ठान र वाणिज्य बैंकहरु सञ्चालनमा आएपछि केही राहत महसुस भएको स्थानीयले बताए ।
सोमबार र बिहीबार गरी सातामा दुईपटक लाग्ने जलेश्वरको हटिया पनि दुई महिनापछि लाग्दा बजारमा चहलपहल ह्वात्तै बढेको छ ।

उता वीरगन्ज भने जस्ताको त्यस्तै छ । मुख्य व्यपारिक नाका वीरगन्जमा संयुक्त लोकतान्त्रिक मोर्चाको बन्द र अवरोध जारी रहेकाले बजार खुल्न सकेको छैन भने यातायातका साधन संचालन हुन सकेका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ