विकास प्रेमी आचार्यलाई टिकट दिएसँगै रसुवामा थपियो काँग्रेसको जनलहर
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
835
Shares
रसुवा । आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस रसुवाले विकासप्रेमी बौद्धिक व्यक्तित्व ईन्जिनियर मोहन आचार्यलाई प्रतिनिधि सभा सदस्यको उमेदवारका रूपमा टिकट दिएसँगै रसुवा जिल्लामा लोकत्रान्तिक गठबन्धनको पक्षमा माहोल चुलिएको छ ।
पेशाले विशेषगरी व्यवसायमा संलग्न रहेका आचार्यले आफ्नो सिप र अनुभवका आधारमा रसुवा जिल्लालाई समृद्धिको बाटोमा लैजान स्पष्ट योजना आफूले तयार पारेको बताएका छन् । रसुवामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीबीचको गठबन्धनसँगै लोकतान्तिक गठबन्धन जितको सम्भावनामा एक कदम अघि बढेको छ ।
रसुवा जिल्लाले फेरि एक पटक एउटा बौद्धिक व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको छ । रसुवाको पाँच वटा गाउँपालिका मध्ये गत स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीले एक गाउँपालिकामा विजय हाँसिल गरेको थियो भने नेपाली काँग्रेसले २ वटा गाउँपालिका मा विजय हासिल गरेको थियो ।