arrow

साहित्यकार मोहन सिटौलाको ‘सिद्धिसुधा’ महाकाव्य राष्ट्रपति भण्डारीद्वारा  विमोचन 

लोकतन्त्रको पक्षमा कवि श्रेष्ठले पुर्‍याउनुभएको भूमिका ज्यादै प्रशंसनीय : राष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७४ जेठ ९ मंगलबार
siddi-charan-mohan-sitoula-book.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले युगकवि सिद्धिचरण श्रेष्ठले नेपाली भाषा र साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको बताएकिछिन्। युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्तीका अवसरमा आयोजित श्रष्ठाको सम्मान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले भनिन् – “साहित्यका माध्यमबाट लोकतन्त्रको पक्षमा कवि श्रेष्ठले पुर्‍याउनुभएको भूमिका ज्यादै प्रशंसनीय छ।”

सो अवसरमा राष्ट्रपति भण्डारीले युगकवि श्रेष्ठको १५औँ कृति ‘युद्ध र शान्ति’ (खण्डकाव्य) तथा साहित्यकार मोहन सिटौलाको ‘सिद्धिसुधा’ महाकाव्यको विमोचन गर्नुका साथै प्रा डा वासुदेव त्रिपाठीलाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरिन्। उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ।

कार्यक्रममा वरिष्ठ पत्रकारत्रय जयदेव भट्टराई (गोरखापत्र), पुष्पहरि क्याम्पाराई (नेपाल टेलिभिजन) र नरेशवीर शाक्य (स्वतन्त्र)लाई युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। पुरस्कारको राशि जनही रु २५ हजार छ ।

स्वच्छन्दतावादी साहित्यकार युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीत समाजमा लोकप्रिय मानिन्छ। युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउनुभएकाले प्रा डा वासुदेव त्रिपाठीलाई र पत्रकारिताका क्षेत्रमा प्रशंसनीय योगदान पुर्‍याएकाले पत्रकारत्रयलाई सम्मान गरिएको जानकारी दिए।

विसं १९९१ ताका शारदा पत्रिकाका सम्पादक रहेका कवि श्रेष्ठले ‘क्रान्तिबाट परिवर्तन सम्भव’ कविता प्रकाशन गरेको आरोपमा तत्कालिन राणा सरकारले सर्वस्वहरणसहित १८ वर्षको कारावास तोकेको थियो। उनी जेलमा रहेका बखत उनका पिता विष्णुचरण श्रेष्ठको देहावसान हुँदा पनि तत्कालीन राणासरकारले पिताको दाहासंस्कार गर्ने अवसरबाट समेत वञ्चित गरेको थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ