arrow

बालकृष्ण ढुंगेललाई तत्काल पक्राउ गर्न आइजीपीको नाममा अादेश

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
balkrishna-dhungel_n.jpg

अदालतले हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका पूर्व–माओवादी सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको छ । ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको नाउँमा वारेन्ट जारी गरेको हो । न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले बिहीबार ढुंगेललाई पक्राउ गरी त्यसको जानकारी सर्वोच्चलाई गराउन भनेको छ ।

न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले बिहीबार ढुंगेललाई पक्राउ गरी त्यसको जानकारी सर्वोच्चलाई गराउन आदेश दिएको हो । ढुंगेलले आफूविरुद्ध फैसला सुनाएको भनी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई गाली गरेको र अदालतलाई चुनौती दिएको जिकिर गर्दै पक्राउ वारेन्ट जारी गर्न माग गरी अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले बिहीबार ढुंगेललाई पक्राउ गर्न आफू र मातहतका सम्पूर्ण जनशक्ति परिचालन गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको हो । गत फागुन २९ गते रामेछापको सैंपु गाविसको फेदी भन्ने स्थानमा गरिएको कार्यक्रममा ढुंगेलले आफूमाथि सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र आक्रोश व्यक्त गर्दै मुद्दा फैसला गर्ने न्यायाधीश माथि भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए ।

उनले ‘सर्वोच्च अदालतको फैसला मान्दिन, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेश खारेज गरिदिन्छु,’ ढुंगेलले भाषणमा भनेका छन्, ‘फैसला गर्ने न्यायाधीशको नाममा वारेन्ट जारी गरिन्छ, फिला नचिरी म जेल जान्न ।’
पछिल्लोपटक फागुन ३० गते ढुंगेललाई गृहजिल्ला ओखलढुंगामा क्रियाशील माओवादी सम्वद्ध दलले उनलाई नागरिक अभिनन्दन गरेका थिए । नयाँ शक्ति पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा ढुंगेललाई अभिनन्दन गरेका हुन् ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ