सबैलाई समेट्ने वातावरण बने दुई चरणमा निर्वाचन गर्न तयार छौँ : प्रमुख आयुक्त यादव
प्रकाशित २०७३ चैत ३१ बिहिबार
301
Shares
विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबैलाई समेट्ने वातावरण तयार भए निर्वाचन आयोग दुई चरणमा निर्वाचन गर्न पनि तयार रहेको बताएका छन् ।
निर्वाचन आयोगले विराटनगरमा संचालन गरेको निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचन ऐतिहासिक निर्वाचन भएकाले धेरै समयपछि जनताले आफनो मताधिकार मार्फत आफना जनप्रतिनिधि चयन गर्ने अवसरको वातावरण तयार गर्न सरकार र राजनितिक दललाई अनुरोध गर्नु भयो ।
प्रमुख आयुक्त यादवले दुई चरणमा निर्वाचन गर्ने विषयमा भने अहिलेसम्म सरकारसंग कुनै छलफल नभएको भन्ने भनाई थियो । निर्वाचनप्रति असहमती राख्ने दलहरुलाई पनि निर्वाचनमा सहभागि गराउन आयोगले सहजकर्ताको भूमिका निर्वाह गर्न आयोग तयार रहेकोपनि जानकारी दिए ।
पछिल्लो समय राजनितिक परिस्थिती सहज बन्दै गएपछी अहिले हिमाल , पहाड, तराई मधेश लगायत देशभरी नै निर्वाचनको वातावरण क्रमिकरुपमा बन्दै गएको भनाई थियो । प्रमुख आयुक्त यादवले नेपाली सेनाको बलमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको प्रष्ट पारे ।