arrow

मतदाता परिचयपत्र छपाइमा अवरोध, प्रहरीबाट सुरक्षाघेरा 

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । मतदाता परिचय पत्र छपाइमा अवरोध भएको छ । निर्वाचन आयोगभित्रै भइरहेको मतदाता परिचयपत्र छपाइमा कार्यरत कर्मचारीले नै अवरोध गरेपछि छपाइ रोकिएको हो ।

राति ८ बजेदेखि झण्डै सय जनाको संख्यामा रहेका उनीहरुले पाउनु पर्ने पारिश्रमिक कम भएको लगायतका माग राखेर छपाइमा अवरोध गरेको बताइएको छ ।

उनीहरुले काम अवरोध गरी सामग्री नियन्त्रणमा लिन खोजेपछि प्रहरीले सुरक्षाघेरा दिएको छ ।

बैशाख ३१ गते हुने निर्वाचनमा विभिन्न राजनीतिक दलदेखि समूहको अवरोध कायमै रहेका बेलामा निर्वाचन आयोगभित्रै कामदारहरु आन्दोलित भएपछि यसले दिने सन्देश सकारात्मक हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ