काठमाडौं । नेपालमा लोकतान्त्रिक पद्धतिको विकास भएको पनि धेरै समय भईसकेको छ । लोकतान्त्रिक पद्धतिमा सबैलाई राजनीतिक दल खोल्ने र आफूलाई मन परेको विचारको आधारमा राजनीति गर्ने अधिकार छ । तर, अर्थतन्त्रका लागि भने नयाँ दल गठन हुनु अभिसाप रहेको भन्दै एक आर्थिक अभियान्ताले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएका छन् । आर्थिक अभियन्ता दिपेन्द्र कँडेलले पूरानै पार्टीबाट नै देशको विकास संभव रहेका बताएका छन् । उनले भने, ‘आफ्नो स्वार्थ अनुसार पार्टी फुटाउँदै हिँड्ने र नयाँ दल खोल्ने काम पछिल्लो समय भैरहेको छ, अब नेपाली जनताले तीनीहरुलाई निरुत्साहित गर्नुपर्छ, भोट दिनुहुँदैन् ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले नेपालको विकास पूरानै दलका र यसका नेताहरुबाट नै संभव रहेको जिकिर गरेका हुन् । उनले नेपालमा अहिले कुनैपनि दलको बुहमत नरहेको र यसले गर्दा सरकारको स्थायित्वमाथि नै प्रश्न खडा भैरहेको बताउँदै भने,‘कुनै एक दल विशेषको बहुमत नहुँदा अहिले सरकार परिवर्तन भैरहेको छ, यसले गर्दा नेपालको स्थायित्व र आर्थिक समृद्धिमा ठूलो असर परेको छ ।’
उनले नेपालमा कर्मचारीतन्त्र असफल भएको दाबी समेत गरे । विगत आठ महिनादेखि नेपालको राजनीतिक घट्नाक्रम र यसको अभ्यासबारे अध्ययन गरिरहेका कँडेलले नयाँ पार्टी खोल्नु वाईयात कदम भएको आरोप लगाउँदै भने, ‘नयाँ पार्टी खोल्नु आँफैमा वाहियता कदम हो, यो त अयोग्य मानिसको हर्कत हो, हाम्रो देशलाई नयाँ पार्टी होईन, अब नयाँ काम र नीतिको आवश्यकत्ता छ, नेपालको भलाई नयाँ पार्टीले गर्न सक्दैन्, देशको विकास र मुहार फेर्ने काम पुरानै पार्टीले गर्छन्, नयाँको नाममा नेपाली जनतालाई फेरि मुर्ख बनाउने काम हुँदैछ, यसबारेमा जनता सचेत हुन जरुरी छ ।’
नेपालमा राजनीतिक परिवर्तनका नाममा विभिन्न कालखण्डमा विभिन्न तन्त्र र वाद हुँदै नेपाल प्रजा परिषद खुलेको उल्लेख गर्दै उनले अघि थपे,‘त्यसले विकास गर्न सकेन भनेर नेपाली काँग्रेस गठन भयो, पछि काँग्रेसले पनि सक्दैन भनेर एमाले आयो, एमालेको पनि विश्वास छैन र यसलेपनि गर्न सक्दैन भने माले, माओवादी हुँदै अहिले नयाँ शक्ति समेत आईसकेको छ, सबै हुँदाहुँदै आजको दिनसम्म आईपुग्दा साझा पार्टीसम्म आएको खण्डमा १२२ दल छन्, यति धेरै पार्टीले के गरे त ?’
उनले अब पार्टी थप्नु भन्दापनि नीति परिवर्तन हुनुपर्नेमा जोड दिँदै भने,‘त्यो सम्भव छ, नेता होईन, नीति परिवर्तन गर्नुपर्छ, सामाजिक नीति, आर्थिक नीति र पत्रकारितालाई समाज परिवर्तन र विकासोन्मुख बनाउ सक्नु आजको आवश्यकत्ता हो।’
लोकतन्त्रमा चारचोटी प्रधानमन्त्री हुने व्यवस्था छैन्, तर हाम्रो नेपाल सफल भएपनि÷नभएपनि त्यही मानिस जनताकाबीचमा उभिनु जायज नहुने उनको तर्क छ । उनले भने,‘नेपालको आर्थिक व्यबस्था र सामाजिक नीतिलाई परिवर्तन गरेर लैजान सक्ने हो भने हाम्रो देश बन्छ, हाम्रो देशमा पार्टीको नाममा आर्थिक व्यबस्थालाई कमजोर बनाउँने काम मात्रै हो ।’
पुराना पार्टीको पक्षमा बोलीरहँदा यूवाहरूको जागरणमाथि प्रहार होला नी त भनेर गरिएको एक प्रश्नमा उनले भने,‘त्यो कदापी होईन, नीति परिवर्तन भनेको नै यही हो, पार्टी खोल्ने काम राम्रो होईन यूवाले सकारात्मक भूमिका खेल्नुपर्छ, हाम्रो समाजले चाहेको यूवाहरु अहिले विश्यविद्यायलका पुस्ताकालय जलाउने, झ्याल फोड्ने गरिरहेका छन्, त्यस्तै आन्दोलनमार्फत जितेर आएको यूवाले पनि काम गर्दैनन्।’