arrow

बल्खुमा सवारी दुर्घटना, चालकको मृत्यु

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
accident-final.jpeg
काठमाडौं । काठमाडौंको बल्खुस्थित सडकखण्डमा शुक्रबार बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहान साढे ८ बजे लु १ ख ९९०९ नम्बरको ट्रकले बा ८२ प ४८३५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको हो ।
 
मृतक पाँचथर घर भई टेकु बस्ने ४० वर्षीय बाजेहाङ्ग जडेल हुन् । दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।
 
दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई महानगरीय प्रहरी वृत कालीमाटीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ