arrow

काँग्रेसका नेताहरु नै गृहमन्त्रीको राजीनामा माग्न थाले, किन ?

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
congress-flag.jpg.jpeg.jpeg
जाजरकोट । नेपाली काँग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका काँग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा मागेका छन् । 
 
नेपाल विद्यार्थी सङ्घले सदरमुकामको ठाँटीबजारमा विहिबार गरेको विरोधसभामा सिंहले गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका हुन् ।  
 
त्यस्तै, नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले पनि गृहमन्त्रीको राजीनामा मागे । 
 
शाहको हत्या भएको ४८ घन्टा बितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै उनले पनि गृहमन्त्रीको राजीनामा मागेका ुहन् ।  
 
गृहमन्त्रीले आफ्नो मात्र सुरक्षा गर्ने हो कि जनताको पनि सुरक्षा गर्ने हो भन्दै वक्ताहरुले प्रश्नसमेत गरेका थिए । 
 
हत्या भएका रवीन्द्र शाहको बिहीबार दाहसंस्कार गरिएको छ । प्रहरीले अहिलेसम्म हत्याका विषयमा केही पनि जानकारी दिएको छैन । 
 
शाहको चैत १५ गते बेलुका हत्या भएको थियो । उनी नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ