- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बाबुराम भट्टराईको कार्यशैलीप्रति रुष्ट समूहले पार्टीको विचार बोक्ने उत्तराधिकारी पार्टी घोषणा गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले कारबाही गरेको भनिएका निर्मल भट्टराईको नेतृत्वमा वुधबार ‘नयाँ शक्ति नेपाल’ पार्टी नै घोषणा भएको हो । नयाँ शत्तिः अघि भट्टराई एमाले नेता झलनाथ खनालको पीए हुँदै माओवादीमा प्रवेश गरेका थिए ।
यसअघि फरक मत राख्दै आएका देव लिम्बु भने नयाँ घोषणा भएको पार्टीमा गएनन् । भक्तपुरको एक पार्टी प्यालेसमा भएको भेलाले ८९ सदस्सीय केन्द्रीय कमिटि मात्रै चयन गरेको छ । मातहतका संगठन र जनसंगठन बनाउने तयारीमा रहेको बरिष्ठ सदस्य मोहन बमले जानकारी दिए ।
उनका अनुसार पार्टीको नाम नयाँ शक्ति नै राखिएको छ । बमले हाम्राकुरासँग भने, ‘अब रुपान्तरित नयाँशक्ति हुन्छ । यसको चरित्र लोकतान्त्रिक नै हुन्छ ।’ पार्टीमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट बाहिरिएका केन्द्रीय परिषद् सदस्य र केन्द्रीय सदस्यका प्रत्यासीहरु रहेका नेता बमले बताए ।
दस्तावेज पुरानै
पार्टीको विचार र दस्तावेज बाबुरामले एक्लैले बनाएका होइनन्, उनले भने, ‘त्यो हामी सबैको सम्पत्ति हो । विचार एउटा बाटो फरक गरेर कसरी पार्टी चल्छ । हामी बाबुरामको कार्यशैलीबाट दिग्दारी भएपछि फरक बाटो गर्न बाध्य भयौँ ।’ पार्टीको विचार जोगाउन हामीले रुपान्तरित पार्टी बताएका हौँ, बलमे अगाडि थपे, अब यो उत्तराधिकारी पार्टी बन्यो ।’ पार्टीको विचार अब हामी बोक्छौँ ।
बाबुरामले मधेसवादीसँग घाँटी जोडेर सिध्याउन खोजे
बमले भनेका छन्, ‘बाबुरामले मधेसवादी पार्टीमा विलय गराएर सिध्याउन खोजे । युद्धकालीन माओवादीको कार्यशैली देखियो । यही जंगलमा बसेको जस्तो ।’ अब हामीले दस्तावेज केही परिमार्जन गर्ने छौँ । यस्तै नेता बमले आफुहरुसँग विचार मिल्नेसँग वार्ता गर्ने र एकिकरण गर्ने योजना पनि एक साथ अघि बढाउने बताए ।
याे पनि पढ्नुस्