arrow

मनाङका २८ वडामा २८ वटै मतदानस्थल

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Manangi-hamrakura.jpg.jpeg
लमजुङ । हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो । 
 
भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए । उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए । 
 
‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’, उनले भने । 
 
निर्वाचन कार्यालय, मनाङकाअनुसार पाँचहजार एकसय २० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 
 
दोस्रो संविधानसभाको निर्वाचनमा चारहजार सातसय ९४ मतदाता थिए । २०६८ सालको जनगणना अनुसार मनाङको जनसङ्ख्या ६ हजार ५३८ रहेको छ । 
 
जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनका लािग ६ दलले सूचीकृत गराएका छन् । 
 
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले दलको नाम दर्ता गराएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ