arrow

स्व. दयाराम परियारको ११ औं स्मृति दिवस मनाइयो

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
prakash-pariyar.jpeg
ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगको तत्कालिन जनकपुर सर्म्पक कार्यालयमा कार्यरत कर्मचारी स्व. दयाराम परियारको सुरक्षाकर्मीको गोली लागि मृत्यू भएको  ११ औं स्मृति दिवसको सर्न्दर्भमा आयोगले आफ्नो वेवसाइटमा स्व. दयाराम परियारको छुट्टै वेभ पेज सार्वजनिक लगायत विभिन्न कार्यक्रम गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनूप राज शर्माले स्व. परियारको नाममा तयार गरिएको वेभ पेज सार्वजनिकीकरण गर्नुभएको हो । 
 
स्मृति दिवसको सन्दर्भमा आयोगका पदाधिकारी, कर्मचारी, दयाराम परियारका परिवार तथा उपस्थित सहभागीहरुद्वारा स्व. दयाराम परियारको तस्विरमा माल्यार्पण गर्नुका साथै परियारको सम्झनामा एक मिनेट मौन धारण समेत गरेका थिए ।  आयोगका अध्यक्ष शर्माले यस वर्षको स्व. दयाराम परियार स्मृति मानव अधिकार सम्मान पाउने व्यक्तिहरुको नाम घोषणा गरेका थिए । 
 
छैटौं स्व. दयाराम परियार स्मृति मानव अधिकार सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुमा दलित तथा भूमिहीन अधिकारको क्षेत्रमा क्रियाशील सिराहाका वलदेव राम र महिला, बालबालिका तथा असहाय अधिकारको क्षेत्रमा क्रियाशील उदयपुरकी नजबुल खान छन् । उनीहरुलाई आयोगको स्थापना दिवस २०७४ जेष्ठ १३ गते सम्मानित गरिनेछ । आयोगका अध्यक्ष शर्माले घटनाको एघार वर्षवितिसक्दा पनि सुरक्षा निकायको कार्यशैलीमा परिवर्तन आउन नसकेको तथा सरकारले दण्डहीनतालाई प्रश्रय दिएको धारणा राखेका थिए ।
 
स्मृति दिवसको सर्न्दर्भमा स्व. दयाराम परियारका दाजु प्रकाशचन्द्र परियारले दयाराम स्मृति मानव अधिकार लेखन वृत्त, वृत्त चित्रको निर्माण लगायतका कार्यहरु गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा आयोगका सदस्यहरु सुदिप पाठक, मोहना अन्सारी, उपनिर्देशक यज्ञ प्रसाद अधिकारी, मानव अधिकार अधिकृत हरि प्रसाद ज्ञवाली, श्रद्धाञ्जली मन्तव्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ