arrow

त्रिपुर नगरको मेयर र उपमेयरमा कांग्रेसको दाबि

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Congres-FNL.jpg.jpeg
दाङ ।  नेपाली कांग्रेस त्रिपुर नगर समितिको अगुवाईमा घोराही उपमहानगरपालिका वाड नं १० का नेपाल कांग्रेस आवद्ध क्रियाशिल सदस्यसंग आउदै गरेको स्थानिय निर्वाचनको विषयमा बृहत छलफल गरेको छ । छलफल कार्यक्रममा सहभागिहरुले साविक त्रिपुरनगर पालिकावाट मेयर तथा उपमेयर मध्य कुनै एक पदको दाबि गरेका छन् । 
 
अधिकांस वक्ताहरुको माग पनि साविक त्रिपुरनगरवाटै प्रमुख दुई पद मध्यवाट एक पद  पाउनु पर्ने दाबि गरेका छन् । त्रिपुर नगरसभापति दिपक पाण्डेयको अध्यक्षता एवम्  नेता पुर्व उपमेयर अर्जुनकुमार श्रेष्ठको प्रमुख आतीथ्य तथा क्षेत्रिय अध्यक्ष भुपबहादुर डाँगीको विशिष्ट आतिथ्यमा छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ