दाङ । नेपाली कांग्रेस त्रिपुर नगर समितिको अगुवाईमा घोराही उपमहानगरपालिका वाड नं १० का नेपाल कांग्रेस आवद्ध क्रियाशिल सदस्यसंग आउदै गरेको स्थानिय निर्वाचनको विषयमा बृहत छलफल गरेको छ । छलफल कार्यक्रममा सहभागिहरुले साविक त्रिपुरनगर पालिकावाट मेयर तथा उपमेयर मध्य कुनै एक पदको दाबि गरेका छन् ।
अधिकांस वक्ताहरुको माग पनि साविक त्रिपुरनगरवाटै प्रमुख दुई पद मध्यवाट एक पद पाउनु पर्ने दाबि गरेका छन् । त्रिपुर नगरसभापति दिपक पाण्डेयको अध्यक्षता एवम् नेता पुर्व उपमेयर अर्जुनकुमार श्रेष्ठको प्रमुख आतीथ्य तथा क्षेत्रिय अध्यक्ष भुपबहादुर डाँगीको विशिष्ट आतिथ्यमा छलफल भएको थियो ।