कमल थापाले भने–निर्वाचन आयोगले असंवैधानिक निर्णय गर्यो
प्रकाशित २०७३ चैत ६ आइतबार
758
Shares
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगले हिन्दू राष्ट्र र राजसंस्थालाई हटाउने एकपक्षीय रुपमा असंवैधानिक निर्णय गरेको बताएका छन् ।
राप्रपा मोरङले विराटनगरमा गरेको ‘स्थानीय निर्वाचन सन्दर्भमा राजनैतिक समसमायिक छलफल’ विषयको कार्यक्रम थापाले आयोगले गरेको निर्णयविरुद्ध पार्टीले सडक र सदनमा आवाज उठाउने बताए ।
यस्तै, थापाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । थापाले निर्वाचनमा मधेसी मोर्चालाई समेत सहभागि हुन सहभागी हुन भनेका छन् ।