पाँचथर । पाँचथरमा धेरै वर्षपछि हिउँ परेको छ । झण्डै एक दशकपछि हिउँ र असिना परेको हो । असिना र हिउँको कारण यस ठाउँका स्थानियहरुको जनजिवन प्रभावित बनेको छ । असिनाले आलु,तरकारी,तथा मकै बालीमा क्षति पुर्याएको कृषकहरु वताउँछन् ।
शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ,प्राङबुङ,पौवासारताप,रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा,मौवा लगायका स्थानमा असिना र हिउँ परेको याङनामका स्थानिय पूर्ण जवेगुले वताए । उनले भने,“अहिलेसम्म हिउँ परेको थिएन् उहिल्यै बाजेहरुले मात्रै हिउँ पर्ने गरेको कुरा सुनाउथे तर हिजो आफैले हिउँ परेको देखे ।”
उनले थपे,“हिउँ मात्रै नभएर हावा हुण्डरी सँगै असिना पानी समेत परेको आफूहरुले लगाएको आलु,मकै बाली समेतमा क्षति पुगेको छ ।” यस्तै लेक तिर मात्रै हिउँ पर्ने भनिएपनि हिजो वेलुका भने औल तिर पनि हिउँ परेको छ ।
जिल्लाको दक्षिणी भेग सराङडाँडा,मौवा,आङना लगायतका क्षेत्रमा हिउँ परेको मौवाका स्थानिय खड्ग थापाले वताए । उनले भने,“यस ठाउँमा कहिल्यै हिउँ पर्देन् थियो,सादय जलवायु परिवर्तनको असर हो कि के हो ? पहिलो पटक हिउँ परेका थाहा पाइयो ।” यस्तै हिजो बेलुका हिउँ परेपछि त्यस क्षेत्र आसपासका स्थानियहरु पौवाभन्ज्याङमा हिउँखेल्न जान थालेका छन् ।