arrow

रहेनन् काँग्रेसका योद्धा थापा

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
tek-bahadur-thapa-congress.jpeg
काठमाडौं ।  प्रजातन्त्रका सेनानी टेक बहादुर थापाको बुधबार निधन भएको छ । थापाको ठोरी–१ भगवाननगर स्थित आफ्नै निवासमा साँझ ५ बजे निधन भएको हो । लामो समयदेखि थापा स्वासप्रश्वासको समस्याले ग्रस्त बनेका थिए ।  १९७९ सालमा गुल्मीको पौँदी अमराही गाविसमा जन्मेका थापा प्रजातान्त्रिक आन्दोलनका साक्षी तथा एक योद्धा थिए ।
 
 प्रजातन्त्र प्राप्तीका लागि राणाशासन विरुद्ध संघर्ष गरेका थापाले प्रजातन्त्रका सेनानीको उपाधि समेत पाएका थिए । उनलाई तत्कालिन नेपाली काँग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले प्रजातन्त्रका सेनानीको रुपमा सम्मान गरेका थिए । २०१७ साल अघिको विभिन्न कालखण्डमा प्रजातान्त्रिक आन्दोलनमा होमिन पुगेका थापा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई वर्खास्त गरेपछि भारत पसेका थिए ।
 
 भारतमा रहँदा थापा ब्रिटीस सेनामा भर्ना भएका थिए । ब्रिटीस सेनामा हुँदा थापाले दोस्रो विश्वयुद्ध समेत लडेका थिए । ब्रिटीस सेना छाडेर नेपाल फर्किए पछि थापाले २०४६ सालमा नेपाली काँग्रेसको संगठन सुदृढिकरणमा महत्वपूर्ण योग्दान पुर्‍याएका थिए ।  विहीबार विहान ८ बजे थापाको शवयात्रा निकालि  उनको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढ्याइएको धर्मपत्नी बसुन्धरी थापाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ