सार्वजनिक पुस्तकालय बन्दको विरोधः ‘ज्ञानमा ताल्चा हानेर देश बन्छ ?’ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
186
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाउ अभियाले सोमबार प्रदर्शन गरेको हो ।
भाडा बक्यौताको विषयलाई लिएर ३ महिनादेखि बन्द पुस्तकालय प्रांगणमा सहभागीले प्लेकार्डसहित प्रदर्शन गरे । उनीहरूले ‘देश बनाउने टोली – ज्ञानमा ताल्चा हानेर देश बन्छ त ?’, ‘लाइब्रेरी पुनः खोल, ज्ञानमा लगानी बढाऊ’, ‘जेलमा पनि पुस्तकालय हुन्छ’, ‘शिक्षा पहिला’, ‘सार्वजनिक पुस्तकालय बचाऔँ’लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
सहभागीले सडकमै बसेर पुस्तक पढ्दै सांकेतिक विरोध पनि गरे । भाडा बक्यौता रहेको भन्दै समाज कल्याण परिषद्ले गत वर्ष चैत ३० मा पुस्तकालयमा तालाबन्दी गरेको थियो ।