काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिएको छ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गरिरहेका छन् ।
साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।
साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने धार्मिक विश्वास छ ।
पशुपतिनाथ लगायत देशैभरका शिवालयहरूमा भक्तजनको भीड रहेको छ । सो क्रममा काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।
भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । जल, दूध र बेलपत्र लगायतका पूजा सामग्री चढाउँदै भक्तजनहरूले शिवको विशेष पूजा गरिरहेका छन् ।