arrow

सुनसरी घटना समाधान गर्न सर्वदलीय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
sunsari-agitation-83-4-11.jpg

विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वदलीय बैठक बसेको छ ।

बैठक चलिरहेको र घटनाका  सम्बन्धमा अनुसन्धान जारी रहेकाले  सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए । 

गएराति गाउँमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उनले जानकारी दिए । 

घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ