arrow

सुनसरीमा दुई पक्षबीचको झडपपछि स्थिति नियन्त्रण बाहिर, आज दिनभर निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
sunsari-jhadap-83-4-11y.jpg

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी जारी गरेको छ । प्रशासनले बिहान ७ बजेदेखि लागू भएको निषेधाज्ञा बेलुकी ७ बजेसम्म जारी रहने जनाएको छ । 

प्रशासनले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन वा जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ । यसअघि त्यहाँ कर्फ्यु जारी गरिएको थियो । 

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा सोही गाउँपालिका ३ का ३० वर्षीय युवाको मृत्यु भएको थियो । 

घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये नौजना प्रहरी हुन् । 

निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासनले कसैले यस आदेशको उल्लघंन गरेमा पाँच सय रुपैयाँसम्म जरिबाना र एक महिनासम्म कैद हुनसक्ने जानकारी गराएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ