पहिरोले कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, मन्त्रीले गरे अनुगमन
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
184
Shares
काठमाडौँ । पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्ग ठप्प हुँदा आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ भने स्थानीय जनजीवन अति प्रभावित बनेको छ।
अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त रूपमा घटनास्थलको स्थलगत अनुगमन गरेका छन्।
सो क्रममा उनहरूले सडक पुनःसञ्चालनका लागि भइरहेका प्रयासहरू र पहिरोले पुर्याएको क्षतिको बारेमा विस्तृत जानकारी लिएका थिए।
राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्।
१० दिनसम्म यातायात सुचारु हुन नसक्दा दैनिक जीवन कष्टकर बनेको गुनासो गर्दै उनीहरूले यथाशीघ्र सडक खुलाएर आवागमन सहज बनाउन जोडदार माग गरेका छन्