arrow

हेटौंडामा यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत फेला, अनुसन्धान तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
makwanpur-yatayat.jpg

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएपछि घटना शङ्कास्पद रहेको भन्दै अनुसन्धानलाई तीव्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। मृतकको पहिचान खुल्दा उनी मकवानपुरको साविक चित्लाङ गाविस–६ हालको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली (रामबहादुर गोपालीका छोरा) रहेको खुलेको छ। प्रहरीले घटनाबारे मृतकका परिवारलाई समेत जानकारी गराइसकेको छ।

घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन आज बिहान करिब साढे ८ बजे वागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो। मृतकको मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ