डा.केसीसँग सरकारी वार्ता टोलीको औपचारिक वार्ता हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
149
Shares
काठमाडौं । धनगढीमा सत्याग्रह गरिरहेका प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले गठन गरेको वार्ता टोलीबीच आज औपचारिक वार्ता हुँदैछ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव रहेको सरकारी वार्ता टोली शनिबार नै धनगढी पुगी सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा डा. केसीलाई भेटेर अनौपचारिक छलफल गरिसकेको छ।
डा. केसीले अघि सारेका मागहरूप्रति सरकारको गम्भीरता र प्रस्तुतिका आधारमा आजको औपचारिक वार्ताले ठोस निकास निकाल्ने अपेक्षा गरिएको छ।