डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव पौडेल धनगढीमा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
272
Shares
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।
यसैबीचप्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिवसमेत आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ।
सरकारले वार्ता र संवादमार्फत डा. केसीको आमरण अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्रता दिएको छ।