arrow

डा गोविन्द केसीसँग सरकारी वार्ता टोलीको औपचारिक वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
govinda-kc-balan-sarkar-83-4-10.jpg

धनगढी । धनगढीमा सत्याग्रह गरिरहेका सत्याग्रही प्राडा गोविन्द केसीसँग सरकारले गठन गरेको वार्ता टोलीले औपचारिक वार्ता गर्दैछ ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव रहेको सरकारी वार्ता टोलीले अहिले डा केसीसँग वार्ता गर्दै रहेको हो । 

डा अग्रवाल, स्वास्थ्य सचिव डा विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेलले आन्तरिक छलफल गरेका छन् । 

योसँगै सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा डा केसीलाई भेटेर औपचारिक छलफल हुँदै गरेको हो । 

यसअघि टोलीले अनौपचारिक छलफल गरिसकेको छ। डा केसीले अघि सारेका मागहरूप्रति सरकारको गम्भीरता र प्रस्तुतिका आधारमा आजको औपचारिक वार्ताले ठोस निकास निकाल्ने अपेक्षा गरिएको छ ।

डा केसी गत बिहीबारदेखि आमरण अनसनरत छन् । उनी यसअघि अनसन बस्दा कम्तीमा एक हप्ता नभइ वार्ताको पहलसमेत शुरू हुँदैनथ्यो । यसपालि सरकारले छिट्टै सम्बोधन गर्ने पहल थालेको हो । 

पहिले डा केसीको पक्षमा आन्दोलन गर्ने केही व्यक्तित्व सरकारमै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ