arrow

‘एनसी फर एनसी’

राष्ट्रिय हितका लागि कांग्रेसले घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
gagan-nc-for=nc.jpg

काठमाडौँ । नेपाली कांग्रेसले बृहत्तर राष्ट्रिय हित र नागरिक कल्याणलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक अभियान ‘एनसी फर एनसी’को घोषणा गरेको छ। बिहीबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टी सभापति गगनकुमार थापाले सो अभियानको औपचारिक घोषणा गरेका हुन्। 

अभियानको अर्थ स्पष्ट पार्दै सभापति थापाले 'एनसी' को अर्थ पार्टीको मात्र हित नभई ‘नेपाली कांग्रेस फर नेसनल कज’ (नेपाली कांग्रेस राष्ट्रिय हितका लागि) रहेको बताएका छन्। यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सीमित नरही नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा पूर्ण रूपमा केन्द्रित रहने उनले स्पष्ट पारेका छन्।

अभियानको कार्यतालिकाअनुसार आज साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सांगठनिक तयारीको चरण रहनेछ। यस अवधिभर नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्नका लागि आन्तरिक तयारी र मनन गर्नेछन्। 

आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा एक भव्य समारोह आयोजना गरिनेछ र सोही दिनलाई यस अभियानको मुख्य प्रस्थानबिन्दु बनाइनेछ। सभापति थापाले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर यस अभियानमा सक्रियताका साथ सहभागी हुन र राष्ट्रिय हितका मुद्दाहरूमा केन्द्रित हुन जोडदार आह्वान गरेका छन्।

सभापति थापाले भने, ‘यो अभियान एनसी फर एनसी हो । यहाँ एनसी भनेको नेपाली कांग्रेस हो । नेपाली कांग्रेस फर नेपाली कांग्रेस होइन । एनसी भनेको नेपाली कांग्रेस फर नेशनल कज हो । नेपाली कांग्रेस फर नेशनल कज । यो अभियानको साझा उद्देश्य छ । हामी नागरिकहरूको कल्याणका लागि काम गर्छौं । नागरिक हितका लागि हामी यो अभियान अघि बढाउँछौँ । आगामी भदौ २४ गते बीपी जयन्ती छ । हामी यसपालि भदौ २४ गते बीपी जयन्ती भव्य समारोहका बीच मनाउँछौँ । आज साउन ७ गते हो । म मञ्चमा आसीन सबै नेता तथा तल उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु, आज साउन ७ गतेदेखि भदौ २४ गतेसम्मको समय हामीसँग छ । यो अवधिमा सोचौँ । यो अवधिमा मनन गरौँ । यस विषयमा अलिकति सोचौँ, मनन गरौँ र तयारी गरौँ । यो अवधिभर प्रत्येक नेपाली कांग्रेस सदस्यले भदौ २४ गते एउटा प्रतिज्ञा (एभिमनभ) गर्ने हो । कांग्रेसको प्रत्येक समितिले पनि एउटा प्रतिज्ञा गर्ने हो । साउन ७ गतेदेखि भदौ २४ गतेसम्म हामी यस अभियानबारे सांगठनिक तयारी गर्छौं । यसको विस्तृत योजना हामीले तयार गरिसकेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ