arrow

निकुञ्जमा हराएका महिलाहरू परिवारको सम्पर्कमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
suklafata-nikunja.jpg

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएर सम्पर्कविहीन भएका महिलाहरू अन्ततः सम्पर्कमा आएका छन्। 

भीमदत्त नगरपालिका–१९ बागफाँटाका ती महिलाहरू गत आइतबारदेखि सम्पर्क बाहिर रहेका थिए भने सेनाको व्यापक खोजी कार्यपछि उनीहरू परिवारको सम्पर्कमा आएका हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापक पारिएको र हराएका महिलाहरू परिवारको सम्पर्कमा आएर सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको बताएका छन्।

त्यसैगरी, आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि सोही गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सकुशल उद्धार गरी सोमबार बिहान परिवारको जिम्मामा सुम्पिएको छ।

 निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न गएका महिला समूहहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको टोली संयुक्त रूपमा खोजीकार्यमा जुटेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ