arrow

विश्वकपको फाइनल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
wcf-2026-final-arg-spn.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल जारी रहेको छ । स्पेन र अर्जेन्टिनाबीचको फाइनल भिडन्त जारी रहेको हो । 

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा ३० मिनेटको खेलसम्म दुवैतर्फ गोल भएको छैन । फाइनल खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । 

साविक विजेतासमेत रहेको अर्जेन्टिनाले फाइनल खेलका लागि आज तीन खेलाडी परिवर्तन गरेको छ । जसमा गोन्जालो मोन्टिएल, रोड्रिगो डे पउल र निकोलस गोन्जालेज पहिलो रोजाइमा परेका छन् ।

सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध पहिलो रोजाइमा खेलेका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो पेरेडेस भने आज बेन्चमा छन् । यता, स्पेनले भने फ्रान्ससँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । 

सेमिफाइनल खेलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलयात्रा तय गरेको थियो । यस्तै, स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । 

स्पेन र अर्जेन्टिना विश्वकपमा ६० वर्षपछि आमनेसामने भएका हुन् । यसअघि सन् १९६६ मा दुई टोलीले विश्वकपमा खेलेका थिए । फाइनल खेलअघि विभिन्न कलाकारहरूले आआफ्नो प्रस्तुति दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ