arrow

टमाटर किसानको हरियो क्रान्तिपछि सरकारी पहल, उपत्यका बाहिर ढुवानी [तस्बिरहरू] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
tomato-83-3-32 (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको पहलमा किसानले उपत्यका बाहिर टमाटर ढुवानी गर्न थालेका छन् । टमाटरको उचित मूल्य नपाएको भन्दै बुधबार बिहान काठमाडौँको माइतीघर मण्डलमा किसानहरूले टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए । 

उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा किसानको हित संरक्षण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयमा आमन्त्रण गरी छलफल गरेकी थिइन् ।

छलफलका क्रममा किसानहरूले टमाटरको उचित मूल्य, सहज बजार पहुँच तथा बिचौलीको प्रभाव न्यूनीकरण गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको धारणा राखेका थिए । 

मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै तत्काल बजार व्यवस्थापन र आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएकी थिइन् ।

मन्त्रालयको पहल तथा कालीमाटी फलफूल तथा तरकारी बजारको समन्वयमा कालीमाटीबाट टमाटर उपत्यका बाहिर ढुवानी शुरू गरिएको छ ।

काठमाडौँ उपत्यका बाहिर माग भएका बजारमा टमाटर आपूर्ति गरी किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त ढुवानी गरिएको मन्त्रालयले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानको उत्पादनले उचित बजार र उचित मूल्य पाउने व्यवस्था गर्न बजार व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बुधबारको मूल्य विवरणले पनि किसानहरूले उत्पादनको उचित मूल्य नपाइरहेको पुष्टि गर्छ। समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकेजी ३५ रुपैयाँ, सानो लोकल गोलभेँडाको ८ रुपैयाँ तथा टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको १३ रुपैयाँ कायम भएको छ।

समितिको विस्तृत तथ्यांकअनुसार सानो लोकल गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी ८ रुपैयाँ र अधिकतम १२ रुपैयाँ मात्र रहेको छ भने यसको औसत मूल्य ९ रुपैयाँ ५० पैसा कायम भएको छ । 

त्यसैगरी टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको औसत मूल्य प्रतिकेजी १४ रुपैयाँ ६० पैसा र ठूलो नेपाली गोलभेँडाको औसत मूल्य ३८ रुपैयाँ ७५ पैसा रहेको छ। यसले उपभोक्ताले खुद्रा बजारमा अपेक्षाकृत बढी मूल्य तिरे पनि प्रत्यक्ष उत्पादन गर्ने किसानले भने लागतसमेत नउठ्ने गरी न्यून मूल्य प्राप्त गरिरहेको देखाउँछ।
 

tomato-83-3-32 (13).jpg
tomato-83-3-32 (1).jpg
tomato-83-3-32 (2).jpg
tomato-83-3-32 (3).jpg
tomato-83-3-32 (4).jpg
tomato-83-3-32 (5).jpg
tomato-83-3-32 (6).jpg
tomato-83-3-32 (7).jpg
tomato-83-3-32 (8).jpg
tomato-83-3-32 (9).jpg
tomato-83-3-32 (10).jpg
tomato-83-3-32 (11).jpg
tomato-83-3-32 (12).jpg
tomato-farmer-protests (8).jpg
tomato-farmer-protests (9).jpg
tomato-farmer-protests (10).jpg
tomato-farmer-protests (11).jpg
tomato-farmer-protests (12).jpg
tomato-farmer-protests (13).jpg
tomato-farmer-protests (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ