हटाइने चर्चासँगै अर्थ मन्त्रालयमा करार कर्मचारीको धर्ना [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
272
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरू धर्ना बसेका छन् ।
सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारी मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन् ।
सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन् ।
आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् ।