arrow

अर्जेन्टिनासँग हार बेहोरेपछि इङ्गल्याण्डका पूर्वकप्तान बेकह्याम यसो भन्छन्

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
david-beckham-26-7-16.jpg

काठमाडौँ । विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ गोलअन्तरले पराजित भएपछि इङ्गल्याण्डका पूर्वकप्तान डेभिड बेकह्यामले निराशा व्यक्त गर्दै टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै बेकह्यामले हारले आफूहरू सबैलाई पीडा दिएको उल्लेख गर्दै टोली, समर्थक र देशले विश्वकपभर दिएको साथ र सिर्जना गरेका अविस्मरणीय क्षणका लागि धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्,‘यो हारले हामी सबैको मन दुखाएको छ । तर यो विश्वकपले प्रेरणा दिने र सधैँ सम्झनामा रहने धेरै सुन्दर सम्झनाहरू दिएको छ । हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद ।’

अमेरिकाको एटलान्टामा बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्गल्याण्डले खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो । मोर्गन रोजर्सको पासमा गोर्डनले गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

तर त्यसपछि रक्षात्मक बनेको इङ्गल्याण्डमाथि अर्जेन्टिनाले लगातार दबाब सिर्जना गर्यो । खेलको ८५औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काए ।

इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीले दिएको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए । 

यो जितसँगै साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

इङ्गल्याण्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्स सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ