arrow

गोर्डनको गोलमा इङ्गल्याण्डलाई अग्रता, अर्जेन्टिना दबाबमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
eng-goal.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इङ्गल्याण्डले अर्जेन्टिनाविरुद्ध अग्रता बनाएको छ। खेलको ५५औँ मिनेटमा एन्थोनि गोर्डनले शानदार गोल गर्दै इङ्गल्याण्डलाई १-० को अग्रता दिलाएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरू भएलगत्तै इङ्ग्ल्यान्डले आक्रामक खेल प्रस्तुत गरेको थियो। त्यसकै फलस्वरूप गोर्डनले अवसरलाई सदुपयोग गर्दै अर्जेन्टिनाको जाली चुमाएका हुन्।

गोलपछि अर्जेन्टिना बराबरी गोलको खोजीमा आक्रामक बनेको छ। कप्तान लियोनेल मेस्सी, जुलियन आल्भारेज र एन्जो फर्नान्डेजले लगातार आक्रमण बुन्दै खेलमा फर्कने प्रयास गरिरहेका छन्।

यता इङ्ग्ल्यान्डका ह्यारी केन, जुड बेलिङ्घम, बुकायो साका र गोलकर्ता एन्थोनी गोर्डनले अग्रता जोगाउँदै फाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यका साथ खेलिरहेका छन्।

यस खेलको विजेताले विश्वकप २०२६ को फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ