arrow

वनमा रिचार्ज पोखरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
richarge-pond-jungle.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको चिप्लरी सिमपाखो सामुदायिक वनमा  ‘रिचार्ज’ पोखरी निर्माण भएको छ । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनर्भरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनीकरण गर्ने उद्देश्यले पोखरी बनाइएको हो । 

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले यसवर्ष म्याग्दीमा छ ओटा पोखरी बनाएका छन् ।

यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् । 

पानी र अहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्ने, पोखरीमा पानी भरेर चिस्यान कायम राख्ने र डढेलो निभाउनका लागि आवश्यक पर्ने पानी सङ्कलन गर्न पोखरी बनाइएको वन अधिकृत शान्तिकुमारी शाहीले जानकारी दिइन् ।  

“पानी र अहारको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआऊन् भनेर जङ्गलमा पोखरी बनाउने कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ,” उनले भनिन्, “वनमै पानी र अहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।” 

पोखरीमा पानी सङ्कलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यक पर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताइन् । 

बेनी नगरपालिका–५ को चिप्लरी सिमपाखो, मङ्गला गाउँपालिका–३ बरंजाको भोटेखोला, धवलागिरि गाउँपालिका–३ मुनाको दहपातल, रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानी–कालो सल्लेरी, मालिका गाउँपालिका–६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका–३ दानाको धुरीवन सामुदायिक वनमा पोखरी निर्माण भएको हो । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । 

प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८/७९ मा १०, २०७९/८० मा छ, २०८०/०८१ मा १० र २०८१/०८२ मा पाँच वटा गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् । 

जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्दछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ