arrow

कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
kaligandaki-koridor-07-06.jpg
तस्बिर : फाइल

गलकोट । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि आवतजावत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो । 

सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।  

सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ